सेन्चुरी कमर्शियल बैंकको ऋणपत्र बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2022 | 01:22:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले निष्काशन गरेको ऋणपत्र बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज जेठ १० गते ऋणपत्र बाँडफाँड गरेको हो ।

बैंकले दश वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको “सेञ्चुरी डिबेञ्चर २०८८” को प्रति कित्ता डिबेञ्चर अंकित मुल्य रु.१,०००।– को दरले २२,००,००० कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत अर्थात १३,२०,००० कित्ता डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत अर्थात ८,८०,००० कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४,००० कित्ता समेत) सर्वसाधारणमा मिति २०७९÷०१÷२५ गतेदेखि मिति २०७९÷०२÷०४ गतेसम्म बिक्री खुल्ला गरेको थियो।  

क्यापिटलका अनुसार सर्वसाधारणमा निष्काशित ८,८०,००० कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४,००० कित्ता समेत) मध्ये सामुहिक लगानी कोषबाट माग भै आएको १०,००० कित्ता डिबेन्चर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि ८,७०,००० कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्दा सि–आस्वा प्रणाली मार्पmत आवेदन दिने २,२७२ जना आवेदकहरुबाट ७८,७८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्त भएकोमा १० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरी बाँकि २,२६२ जना आवेदकहरुबाट प्राप्त ७८,३७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३,२०,००० कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको ७,९१,६३० कित्ता डिबेन्चर समावेश गरी जम्मा २१,११,६३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएकोमा माग बमोजिम नै अर्थात २१,११,६३० कित्ता डिबेन्चरका लागि दरखास्त प्राप्त हुन आएकोले सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१,९०,००० कित्ता डिबेन्चर बाँडफाँड गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved