दोर्दीखोला जलविद्युत कम्पनीको आईपिओ आज बाँडफाँड हुदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 07:36:07 AM मा प्रकाशित

laxmi  sunrise bank

दोर्दीखोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ आज बुधबार बिहान बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बुधबार बिहान ९ बजे क्यापिटल कै कार्यलयमा शेयर बाँडफाँड गर्न लागेको हो 

कम्पनीले  जेठ २६ गतेदेखि  जेठ ३१ गते गतेसम्म सर्बसाधारणलाई २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३ प्रतिशत अर्थात् ६५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको थियो भने ५ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।  बाँकि रहेको २० लाख १९ हजार ८ सय ६९ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  

कम्पनीको आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपिओ बाँडफाँड हुने छ  । जस अनुसार गोलाप्रथाबाट २ लाख १ हजार ९ सय ८६ जनाले मात्र शेयर पाउने छन्  । 

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved