नेष्डो समृद्ध लघुवित्तको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 08:32:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्द लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार ३१ गते शुक्रबार आफ्नो केन्द्रीय कार्यालय कुश्मामा सभा आह्वान गरेको हो

कम्पनीले साधारणसभा प्रयोजनको असर २३ गतेदेखि असार ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । असार २२ गतेसम्म कायम शेयरधनीले मात्र  सभामा भाग लिन सक्ने छन् । 

कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । आईपिओ बाँडफाँड हुने दिन कम्पनीका कम्पनीका प्रबन्ध संचालक विश्व प्रकाश प्रसाईंले कम्पनीको हालको वित्तीय अवस्था अनुसार कम्पनीले १०० प्रतिशत लाभांश दिन सक्ने क्षमतामा रहेको बताएका थिए । सबै प्रोभिजन गर्दा पनि १०० प्रतिशत लाभांश दिन सकिने उनको भनाई थियो ।   उनले भनेका थिए '१०० नै दिन्छौ भनेको होइन, १०० दिन सक्ने क्षमता मात्र रहेको छ भनेको हो, यसमा प्रष्ट हुनु होला' । त्यस्तै कम्पनीले आईपिओ निष्काशन गर्दाको विवरणपत्रमा यसै वर्ष ३० प्रतिशत बोनस शेयर बितरण गर्ने उल्लेख गरेको थियो । तर कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । 

यस्ता छन् सभामा  पेश हुने प्रस्ताव: 

 क) सामान्य प्रस्तावहरुः 

१) सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूवाट प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२) लेखापरिक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाह विवरण तथा सो संग सम्वन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।

३) आर्थिक वर्ष २०७८/७९ को संस्थाको लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्वन्धमा ।

४) स्वतन्त्र सञ्चालकको नियक्तीको अनमोदन गर्ने सम्वन्धमा ।

५) सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना सञ्चालकको निर्वाचन गर्ने ।



ख) विशेष प्रस्तावः

१) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई डिजिटल बैकिङ्ग सम्वन्धि कार्यहरु गर्ने प्रवन्धपत्रको दफा ५ (त) थप गर्ने ।

२) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु एवम् दैनिक कार्य सञ्चालनमा कार्यकारी प्रमुखको हैसियतले प्रत्यक्ष रुपमा संलग्न सञ्चालकको मासिक पारिश्रमिक तथा अन्य सुविधा वृद्धि / थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीमा संशोधन गर्ने ।

३) वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीहरुमा आवश्यक संशोधन गर्नुपर्ने भएमा छलफल गरी शंसोधन गर्ने सम्वन्धमा ।

४) यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा वढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने (Merger) वा प्राप्ती (Acquisition) गर्ने, समझदारी पत्र (MOU) मा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न मुल्यांकनकर्ताको नियुक्ती तथा नीजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने/गाभिने एवम् प्राप्तीसंग सम्वन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपानाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।

५) वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावलीमा गरिएको शंसोधनका सम्वन्धमा नियमनकारी निकायवाट कुनै संशोधन वा फेरवदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही वमोजिम गर्न/गराउन तथा अभिलेखन गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धि कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा।

ग) विविध ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved