४६ अंकले घट्यो नेप्से सूचक, २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 03:33:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ४६.०८ अंकले घटेर २०३०.५९ को बिन्दुमा पुगेर रोकिएको छ 

आज कारोबारमा आएका २२९ कम्पनीका ८६ लाख १३ हजार ४ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २ सय २३ रुपैयाँ ९५ पैसाको कारोबार भएको छ । जस मध्ये सानिमा बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै ३० करोड २० लाखको कारोबार भएको छ । त्यस्तै अरुण काबेलीको ११ करोड ८२ लाखको कारोबार भएको छ भने शिवम् सिमेन्टको १० करोड ६० लाखको कारोबार भएको छ

आज कारोबारमा आएका मध्ये सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आँधिखोला लघुवित्तको शेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ  । त्यस्तै स्वाभिमान लघुवित्तको शेयर मूल्य ८.१० प्रतिशतले बढेको छ  । 

आज घलेम्दी हाइड्रोको शेयर मूल्य सर्वाधिक ६.६० प्रतिशतले घटेको छ भने दिब्यश्वरी हाइड्रोको शेयर मूल्य ५.९२ प्रतिशत तथा अजोड इन्स्योरेन्सको शेयर मूल्य ५.८६ प्रतिशतले घटेको छ  । 

आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन्  । जस मध्ये ट्रेडिङ समुह सर्वाधिक ३.८८ प्रतिशतले, अन्य समुह ३.८३ प्रतिशतले, र फाइनान्स समुह ३.५३ प्रतिशतले घटेको छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved