सानिमा मिडिल तमोरले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 07:28:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार २४ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आईपिओबाट संकलन भएको रकम सोहि आयोजनामा स्वपुँजी लगानी अन्तर्गत खर्च गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।   

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved