धौलागिरी लघुवित्तको आईपिओ साउन २४ बाट, ४० प्रतिशतभन्दा बढी लाभांश क्षमता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2022 | 12:42:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बागलुङ जिल्ला केन्द्रिय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेडको साउन २४ गते देखी सार्वजनिक शेयर (आईपीओ) निश्कासन गर्दै छ। कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने लागेको हो ।

जस मध्ये ५ हजार १ सय ५५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको छ भने १६ हजार ५ सय ५० कित्ता शेयर कर्मचारी तथा सर्बसाधारणहरुलाई छुट्याईएको छ ।  बाँकि रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

यस निष्काशनमा साउन २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ । 

 हाल उक्त कम्पनीको चुक्ता पुँजी रु.७ करोड रहेकोमा सार्वजनिक शेयर निश्कासन पश्चात १० करोड ३१ लाख पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ रु. २५७ रुपौँया हुन आउँछ ।

 कम्पनीको संचित नाफा समेत ४.६ करोड भन्दा माथि रहेकोले सार्वजनिक शेयर निश्कासन पश्चात् समेत शेयरधनीहरुको लागी ४० प्रतिशत भन्दा बढि लाभांस वितरण गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ । हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६,०००÷– ग्राहक सदस्यहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.ब. २०७८÷०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved