इन्भेष्टमेन्टसँग मर्जर प्रक्रियामा रहेको मेगा बैंकको खुद नाफा २ अर्ब ८३ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2022 | 09:14:14 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा मेगा बैंकको खुद नाफा २१.७८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७७/७८ मा बैंकले २ अर्ब ३२ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा बढेर २ अर्ब ८३ करोड पुगेको छ । 

बैंकको खुद ब्याज आम्दानी २.०४ प्रतिशतले बढेर ५ अर्ब ९१ करोड पुगेको छ । यस अवधिमा बैंकको बितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रहेको छ ।  

बैंकको निक्षेप १२.१२ प्रतिशतले बढेर १ खर्ब ५३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ७.५९ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब पुगेको छ ।  बैंकको खराब कर्जा १.२३ प्रतिशतबाट घटेर ०.७४ प्रतिशत कायम भएको छ । १६ अर्ब १२ करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ६ अर्ब ८५ करोड रहेको छ ।  

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ भने प्रति शेयत नेट वर्थ १४२ रुपैयाँ ५२ पैसा रहेको छ ।  

हाल मेगा बैंक र इन्भेष्टमेन्ट बैंक मर्जर प्रक्रियामा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved