अभियान लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 08:23:00 AM मा प्रकाशित

laxmi  sunrise bank

अभियान लघुवित्तले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज साउन २२ गते अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो। 

कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको हो। जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ ।  शेयर निष्काशनको लागि  मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  

हाल कम्पनीको अधिकृत पूँजी रु.३० करोड, जारी पूँजी रु.२५ करोड, र चुक्ता पूँजी रु.१५ करोड २५ लाख रहेको छ। सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु.२५ करोड हुनेछ।  कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved