धौलागिरी लघुवित्तको आईपिओमा मागभन्दा ६५ गुणा बढीको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2022 | 05:53:36 PM मा प्रकाशित

laxmi  sunrise bank

धौलागिरी लघुवित्तले निष्काशन गरेको आईपिओमा मागभन्दा ६५ गुणा बढीको आवेदन परेको छ । सिडीएसका अनुसार आवेदन दिने अन्तिम दिन आज आइतबर साँझ ५ बजेसम्म मा कम्पनीको आईपिओमा १९ लाख ५२ हजार ४ सय ६० जना आवेदकबाट २ करोड १७ लाख २१ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको छ  । यो मागभन्दा  ६५.६२ गुणा बढी हो ।

कम्पनीले साउन २४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये ५ हजार १ सय ५५ कित्ता शेयर कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १६ हजार ५ सय ५० कित्ता शेयर कर्मचारी तथा सर्बसाधारणहरुलाई छुट्याईएको थियो ।  बाँकि रहेको ३ लाख ९ हजार २ सय ९५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने ब्यबस्था थियो ।  शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

  राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका—२, श्रीनगर टोल, बाग्लुङ्गमा रजिष्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved