नेप्सेमा राप्ती हाइड्रोको शेयर सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 03:20:13 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर सुचिकृत भएको छ। आज कम्पनीको ६१ लाख २७ हजार ९ सय ३८ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै बुधबारबाट कम्पनीको शेयर कारोबार हुने छ ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.३५ रुपैयाँदेखि ३१९.०५ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । बुधबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको RHGCL सिम्बलबाट कारोबार हुने छ । 

कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको ३७ हजार ६ सय २३ कित्ता समेत थपेर सर्बसाधारणलाई निष्काशन गरेको थियो।  

कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved