
एनएमबि क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १८ गते शुक्रबार आर्थिक वर्ष ७८/७९ को साधारणसभा गर्ने भएको हो ।
सभामा लाभांश र हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई २१.०५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश गर्दै छ । त्यस्तै कम्पनीको हाल कायम चुक्ता पूँजी रु. २० करोडको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि कम्पनीको सभामा पेश हुने छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:
सामान्य प्रस्तावहरुः
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसँग
सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।
३. आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई २१.०५२६३ प्रतिशत नगद
लाभांश (कर समेत) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।
विशेष प्रस्तावहरु:
१. कम्पनीको हाल कायम चुक्ता पूँजी रु. २० करोडको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने ।
२. कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने ।
३. कम्पनीको उद्देश्य तथा कम्पनीले गर्ने कार्यमा थप गर्ने ।
४. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका विभिन्न दफा तथा नियमहरुमा थप तथा संशोधन गर्ने।
५. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिने संशोधन सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन तथा परिमार्जन वा थपघटको लागि निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा।