
एन आई सी एशिया क्यापिटल लिमिटेडले वल्र्ड इन्भेष्टर विक, २०२२ को अवसरमा पूँजी बजार साक्षरता कार्यक्रम गर्ने भएको छ । क्यापिटलले आज असोज २८ गते शुक्रबार पोखराको लेकसाइडमा रहेको टुकी रिसोर्टमा प्रदेश स्तिरीय पूँजी बजार साक्षरता कार्यक्रम गर्न लागेको हो ।
उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्ने तथा लगानी सम्बन्धी निर्णय लिदाँ ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा बिस्तृत जानकारी गराइने छ क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग दामोदर रायमाझीले जानकारी दिए ।
मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाण्डौ उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवाको पहुँच प्राप्त नभएको जनगुनासो बारम्बार आउने गरेको समयमा उपत्यका बाहिरबाट कसरी मर्चेण्ट बैंकहरुले उपलब्ध गराएको सेवा लिन सकिन्छ र नयाँ लगानीकर्ताहरुलाई सहज रुपमा पूँजीबारमा आबद्ध भई सुरक्षित रुपमा शेयर कारोवार गर्नको लागि सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।