ब्रोकर लाईसेन्सको लागि ४५ कम्पनीले लिए नेप्सेबाट सिफारिस, कुनको पुँजी कति ? (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 05:19:31 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर तथा स्टक डिलरको लाईसेन्सको लागि ४५ कम्पनीले नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट सिफारिस लिएका छन् । ब्रोकर लाईसेन्सको लागि आवेदन दिने आज अन्तिम दिनसम्ममा ४५ कम्पनीले इच्छा देखाएर नेप्सेबाट सिफारिस लिएका हुन् ।

नेपाल धितोपत्र बोर्डले असोज २ गते ब्रोकर लाइसेन्सको लागि आवेदन खुलाउंदै योग्य तथा इच्छुक कम्पनीलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको थियो ।  ब्रोकर लाईसेन्सको लागि आवेदन दिंदा नेप्सेको सिफारिस चाहिने ब्यबस्था ऐनमा रहेकोले नेप्सेले माग गरेका सबै कम्पनीलाई लाईसेन्सको लागि सिफारिस गरेको हो। 

 बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । संशोधन अनुसार नियमावली लागु भएपछि लगत्तै र त्यसपछि हरेक ३ वर्षमा अध्ययन गरेर ब्रोकर लाइसेन्स खुलाउने उल्लेख छ । त्यस्तै संशोधित ब्यबस्थाले ३ तहको ब्रोकरको ब्यबस्था गर्दै चुक्ता पुँजी पनि बढाएको छ । यद्यपि हाल भईरहेका ब्रोकरले भने २०८२ असार मसान्तसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सक्ने छन् । 

 शेयर खरिद बिक्रि मात्र गर्ने ब्रोकरलाई पहिलो तह भनिएको छ ।  यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी २० करोड तोकिएको छ । त्यस्तै शेयर खरिद बिक्रिको साथ साथ, डिपीको रुपमा काम गर्ने, पीएमएस तथा परामर्श सेवा दिने र मार्जिन कारोबार सम्बन्धि सेवा समेत दिने ब्रोकरलाई दोस्रो तह भनिएको छ । यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी ६० करोड तोकिएको छ । स्टक डिलरलाई तेस्रो तह तोकिएको छ र उनीहरुको लागि न्युनतम चुक्ता पुँजी १५० करोड कायम गरिएको छ ।

नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिज स्टक डिलरको लाईसेन्स माग गर्दै बोर्डमा आवेदन दिएका छ। यस कम्पनीले १५० करोड पुँजी कायम गर्ने गरि स्टक डिलरको लाईसेन्सको लागि बोर्डमा आवेदन दिएको छ ।

हेर्नुस् ४५ कम्पनी र तिनको प्रस्तावित पुँजी : 

१.भोले गणेश सेक्युरिटिज लि. २१ करोड

२.क्यापिटल म्याक्स सेक्युरिटिज प्रा.लि. २० करोड

३.कलश सेक्युरिटिज प्रा.लि. २० करोड

४. हिमालयन ब्रोकरेज कम्पनी  २३ करोड

५. एन.एम.बी सेक्युरिटिज लि. २० करोड

६. के.बि.एल.सेक्युरिटिज लि. २० करोड

७. प्रोपर्टी विजार्ड लि. २० करोड

८. शेयरप्रो सेक्युरिटिज प्रा.लि. २० करोड

९. माछापुच्छ«े सेक्युरिटिज लि. २३ करोड

१०. एनआईसी एशिया सेक्युरिटिज लि. २० करोड

११. सन सेक्युरिटिज प्रा.लि. २५ करोड

१२. पाहि ईन्भेष्टमेन्ट प्रा.लि. २० करोड

१३. मियो सेक्युरिटिज प्रा.लि. २० करोड 

१४. मेगा स्टक मार्केट्स लि. ६० करोड

१५. एलिट स्टक हाउस लि. २०.८० करोड

१६. ईन्फिनिटी सेक्युरिटिज लि. २५ करोड

१७. ईन्डेक्स सेक्युरिटिज लि. २२ करोड ५ लाख

१८. जे.बि.एन.एल.सेक्युरिटिज लि. २० करोड

१९. प्रभु स्टक मार्केट क्यापिटल लि. २० करोड

२०. आर.बी.बि.सेक्युरिटिज कं.लि. २० करोड

२१. एस.पि.एस.ए.सेक्युरिटिज लि. ३० करोड

२२. नबिल सेक्युरिटिज लि. १५० करोड

२३. शुभकामना सेक्युरिटिज प्रा.लि. २० करोड

२४. ट्रेडमो सेक्युरिटिज प्रा.लि. २० करोड

२५. सानिमा सेक्युरिटिज लिमिटेड २० करोड

२६. आकाशभैरव सेक्युरिटिज लिमिटेड २० करोड

२७. हिमालयन सेक्युरिटिज लि. ६० करोड 

२८. क्यापिटल हब प्रा.लि. २० करोड

२९. गरिमा सेक्युरिटज लि. २० करोड

३०. स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड २१ करोड

३१. हातेमालो फाईनान्सियल सर्भिसेज प्रा.लि. २० करोड

३२. सि.बि.आई.एल.सेक्युरिटिज लि. २० करोड

३३. ईगल स्टक ईक्युटी प्रा.लि. २० करोड

३४. सनराईज सेक्युरिटिज लि. २० करोड

३५. इन्दिरा सेक्युरिटिज प्रा.लि. २० करोड

३६. सजिलो ब्रोकर लि. २० करोड

३७. मिल्की वे सेयर ब्रोकर कं.लि. २० करोड

३८. ब्लुचिप सेक्युरिटिज लि. २० करोड

३९. बेनी सेक्युरिटिज प्रा.लि. २० करोड

४०. रोडसो सेक्युरिटिज लि. २० करोड

४१. सिजी ईन्भेष्टमेन्ट से.लि. २८.५० करोड

४२. म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि. २० करोड

४३. मनि वल्र्ड शेयर एक्सचेन्ज प्रा.लि. २० करोड

४४. सेन्चुरी सेक्युरिटिज लि. ६० करोड 

४५. एप्पल सेक्युरिटिज लि. २० करोड 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved