चुनाव अगाडी नै नयाँ ब्रोकरको लाईसेन्स, यस्तो छ अबको प्रकिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2022 | 09:26:10 AM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर तथा स्टक डिलरको लाईसेन्सको लागि ४६ कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ब्रोकर लाईसेन्सको लागि आवेदन दिने अन्तिम दिन असोज ३१ गते सम्ममा ४६ कम्पनीले बोर्डमा आवेदन दिएका हुन्।

अब मङ्सिर ५ गतेसम्ममा आवेदन दिएका मध्ये कुनले लाईसेन्स पाउँछ र कुनले लाईसेन्स पाउदैन टुंगो लागि सक्ने छ। बोर्डले आवेदन लिने काम सकेपछि अब बोर्डले रितपूर्वक निवेदन परे नपरेको, आवश्यक विवरण तथा कागजात संलग्न भए नभएको र ऐन तथा नियमावली बमोजिम पूरा गर्नुपर्ने शर्त पूरा भए नभएको जाँचवुझ गर्ने छ । यो ब्यबस्था धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली उल्लेख छ  । त्यस्तै निवेदन दिने म्याद समाप्त भएको मितिले पैतिस दिनभित्र अनुमतिपत्र जारी हुन सक्ने वा नसक्ने सम्बन्धमा निर्णय गर्नु पर्ने ब्यबस्था नियमावलीले गरेकोले मङ्सिर ५ गतेसम्म कुनले लाईसेन्स पाउँछ र कुनले लाईसेन्स पाउदैन टुंगो लागि सक्ने छ।  मङ्सिर ५ गते आवेदन दिने म्याद सम्पति भएको ३५ दिन पुग्ने छ। मङ्सिर ४ गते नेपालमा निर्वाचन हुदै छ । अर्थात् निर्वाचन र नयाँ ब्रोकरको लाईसेन्स सँगसँगै हुने देखिन्छ ।

आवेदन दिएका मध्ये लाईसेन्स जारी हुन सक्ने निर्णय भएकोमा सोको पन्ध्र दिनभित्र र अनुमतिपत्र जारी हुन नसक्ने निर्णय भएकोमा कारण खुलाई सात दिनभित्र सोको जानकारी निवेदकलाई दिनु पर्ने ब्यबस्था गरिएको छ । अनुमतिपत्र जारी हुने निर्णय गर्दा बोर्डले आवश्यक पूर्वाधार समेत तयार पार्न निर्देशन दिनु पर्छ ।

पूर्वाधार तयार गरेको जानकारी प्राप्त भएको तीस दिन भित्र धितोपत्र दलाल र धितोपत्र व्यापारीले तयार गरेको पूर्वाधार सम्बन्धमा बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्नेछ र पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था पर्याप्त देखिएमा धितोपत्र व्यवसाय संचालन गर्न बोर्डले अनुमतिपत्र प्रदान गर्नेछ । 

निरीक्षण तथा जाँचबुझ गर्दा धितोपत्र दलाल र धितोपत्र व्यापारीले तयार गरेको पूर्वाधार धितोपत्र व्यवसाय संचालनका लागि अपर्याप्त देखिएमा बोर्डले बढीमा तीन महिनाको समय तोकी धितोपत्र दलाल र धितोपत्र व्यापारीलाई थप व्यवस्था गर्न लगाउन सक्ने ब्यबस्था छ । न्यूनतम पूर्वाधार तयार नभएमा अनुमति प्राप्त गर्नको लागि दिएको निवेदन स्वतः निष्कृय हुने र त्यस्तो निवेदनउपर पुनः कारवाही नगर्ने ब्यबस्था नियमावलीले गरेको छ । अनुमतिपत्र प्रदान नगरिने निवेदकलाई अनुमतिपत्र प्रदान नगर्ने निर्णय भएको सात दिन भित्र सोको जानकारी दिनु पर्ने ब्यबस्था पनि नियमावलीले गरेको छ। 

 के के चाहिन्छ पूर्वाधार ?

ब्रोकरले निम्न अनुसारको पूर्वाधार तयार पार्नु पर्छ : 

१. कार्यालयको क्षेत्रफल कम्तीमा एकहजार वर्गफिट हुनुपर्ने,।

२. कम्तीमा ३ थान कम्प्यूटर, प्रिण्टर, फ्याक्स तथा टेलिफोन,।

३. मुख्य कार्यालयमा कम्तीमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानून विषयमा स्नातक वा चार्टर्ड एकाउण्टेन्सी गरेको व्यक्ति प्रमुख र परिपालन (कम्पाईन्स) अधिकृत तथा सूचना प्रविधि सहित कम्तीमा पाँच जना कर्मचारी र शाखा कार्यालयमा बोर्डले समय समयमा तोके बमोजिमका कर्मचारी हुनुपर्ने ।

४. संगठन संरचना तथा कार्य विभाजन सम्बन्धी व्यवस्था,।

५. सर्वसाधारणको लागि सरल पहुँच हुने स्थानमा कार्यालय स्थापना गरेको हुनुपर्ने,।


स्टक डिलरले निम्न अनुसारको पूर्वाधार तयार पार्नु पर्छ: 

१. कार्यालयको क्षेत्रफल कम्तीमा ५०० वर्गफिट हुनुपर्ने,।

२. कम्तीमा ५ थान कम्प्यूटर, प्रिण्टर, फ्याक्स तथा टेलिफोन,।

३. कम्तीमा स्नातक तह उत्तिर्ण गरेको दुइजना सहित कम्तीमा सात जना कर्मचारी,।

४ .संगठन संरचना तथा कार्य विभाजन सम्बन्धी व्यवस्था।

कारोबार प्रणालीको मापदण्ड र पूर्वाधार भने नेपाल स्टक एक्सचेन्ज नेप्सेले तोके बमोजिम हुनु पर्ने छ । ब्रोकरले आफ्नै कारोबार ब्यबस्थापन प्रणाली विकास गरि नेप्सेको अनुमतिमा प्रयोग गर्न सक्ने छन् भने नेप्से कै प्रणाली पनि प्रयोग गर्न सक्ने छन् । 

नियमावलीले ३ तहको ब्रोकरको ब्यबस्था गरेको छ । शेयर खरिद बिक्रि मात्र गर्ने ब्रोकरलाई पहिलो तह भनिएको छ ।  यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी २० करोड तोकिएको छ । यो तहको ब्रोकरको लागि ४१ कम्पनीले आवेदन दिएका छन् । यस्ता ब्रोकरलाई सिमित कार्य गर्ने दलाल भनिएको छ । 

त्यस्तै शेयर खरिद बिक्रिको साथ साथ, डिपीको रुपमा काम गर्ने, पीएमएस तथा परामर्श सेवा दिने र मार्जिन कारोबार सम्बन्धि सेवा समेत दिने ब्रोकरलाई दोस्रो तह भनिएको छ । यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी ६० करोड तोकिएको छ । यो तहको ब्रोकरको लागि ४ वटा कम्पनीले आवेदन दिएका छन् । मेगा स्टक मार्केट, हिमालयन सेक्युरिटिज, सनी सेक्युरिटिज कम्पनी, र सेन्चुरी स्टक ब्रोकर पब्लिक लिमिटेडले आवेदन दिएका छन् । यस्ता ब्रोकरलाई पूर्ण कार्य गर्ने दलाल भनिएको छ । 

स्टक डिलरलाई तेस्रो तह तोकिएको छ र उनीहरुको लागि न्युनतम चुक्ता पुँजी १५० करोड कायम गरिएको छ । यो तहको ब्रोकरको लागि  नबिल सेक्यूरिटिजले मात्र आवेदन दिएको छ । यस्ता ब्रोकरलाई धितोपत्र  ब्यापारी अर्थात् स्टक डिलर भनिएको छ  । 

हेर्नुस् ब्रोकर लाइसेन्सको लागि आवेदन दिने ब्रोकर: 

१. हिमालयन ब्रोकेज कम्पनी लि.- सिमित कार्य गर्ने दलाल

२. मेगा स्टक मार्केट लि.- पूर्ण कार्य गर्ने दलाल 

३. सि.वि.आई. एल. सेक्यूरिटिज लि.- सिमित कार्य गर्ने दलाल

४. शेयरप्रो सेक्यूरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

५. के वि एल सेक्यरिटिज लि. - सिमित कार्य गर्ने दलाल

६. ईन्डेक्स सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

७. सन सेक्युरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

८. क्यापिटल म्याक्स सेक्यूरिटिज प्रा.लि.- सिमित कार्य गर्ने दलाल .

९. स्टक्स्कार्टस् सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

१०. भोले गणेश सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

११. एन.एम.बी. सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

१२. प्रोपर्टि विर्जाड लि.- सिमित कार्य गर्ने दलाल

१३. नबिल सेक्यूरिटिज लि. - धितोपत्र व्यापारी

१४. हिमालयन सेक्युरिटिज लि. -पूर्ण कार्य गर्ने दलाल 

१५. आर. बि.बि. सेक्यूरिटिज कम्पनी लि - सिमित कार्य गर्ने दलाल

१६.  क्यापिटल हब प्रा.लि.- सिमित कार्य गर्ने दलाल

१७. आकाशभैरव सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

१८. एन आई सी एशिया सेक्यूरिटिज लि.  -सिमित कार्य गर्ने दलाल

१९. एलिट स्टक हाउस लि. - सिमित कार्य गर्ने दलाल

२०. सानिमा सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

२१. जे.वि.एन.एल.सेक्युरिटिज लि.- सिमित कार्य गर्ने दलाल

२२. इगल स्टक इकयुटी प्रा.लि. - सिमित कार्य गर्ने दलाल

२३. पाही इन्भेष्टमेन्ट प्रा.लि. - सिमित कार्य गर्ने दलाल

२४. मियो सेक्यूरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

२५. इन्फिनिटी सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

२६. मिल्की वे सेयर ब्रोकर कम्पनी- सिमित कार्य गर्ने दलाल

२७. इन्दिरा सेक्युरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

२८. कलस स्टक मार्केट प्रा.लि. सिमित कार्य गर्ने दलाल

२९. एस.पि.एस.ए. सेक्यरिटिज लि. -सिमित कार्य गर्ने दलाल

३०. सनी सेक्युरिटिज कम्पनी लि. -पूर्ण कार्य गर्ने दलाल

३१. ब्लू चिप सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

३२. गरिमा सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

३३. माछापुच्छे सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

३४. हातेमालो फाइनान्सियल सर्भिसेस प्रा.लि - सिमित कार्य गर्ने दलाल

३५. म्याग्नेट सेक्यूरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. - सिमित कार्य गर्ने दलाल

३६. प्रभु स्टक मार्केट लि.- सिमित कार्य गर्ने दलाल

३७. रोडसो सेक्यूरिटिज लि. - सिमित कार्य गर्ने दलाल

३८. सनराइज सेक्युरिटिज लि. - सिमित कार्य गर्ने दलाल

३९. सेन्चुरी स्टक ब्रोकर पब्लिक लि - पूर्ण कार्य गर्ने दलाल

४०. सी.जी. इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. - सिमित कार्य गर्ने दलाल

४१. सजिलो ब्रोकर पब्लिक लि. - सिमित कार्य गर्ने दलाल

४२. मनि बर्ल्ड शेयर एक्सचेन्ज प्रा.लि -सिमित कार्य गर्ने दलाल

४३. बेनी सेक्युरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल

४४. एप्पल सेक्यूरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल

४५. शुभकामना सेक्यूरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल

४६. ट्रेडमो सेक्यूरिटिज प्रा. लि. - सिमित कार्य गर्ने दलाल 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved