मर्जर प्रक्रियामा रहेको मेगा बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 10:30:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको मेगा बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा बैंकको नाफा घटेको हो । 

गत आर्थिक वर्षको प्रथम त्रैमासमा ९१ करोड ४६ लाख नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको यो अवधिमा जम्मा ५० करोड ९१ लाख मात्रै नाफा आर्जन गरेको हो । 

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा २४.२४ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको यो अवधिमा घटेर १२.४० रुपैयाँमा झरेको छ । 

चालू आर्थिक वर्षमा कम्पनीको वितरण योग्य नाफा १ अर्ब ५८ करोड बढी पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved