ग्लोबल आईएमई बैंकको साधारणसभा आह्वान, यस्ता छन् सभामा पेश हुने १३ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 09:43:23 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर २३ गते शुक्रबार गैरीधारा स्थित सिल्भर ओक ब्यांक्वेटमा सभा आह्वान गरेको हो 

सभामा लाभांश पारित गर्ने, वित्तीय प्रतिवेदन पारित गर्ने, तथा बैंक अफ काठमाण्डुसँगको मर्जर समबन्धि प्रस्तावहरु पेश हुने छन् । मर्जमा जाने सम्झौता गरेपछि बैंकको शेयर कारोबार गत असार २ गतेदेखि रोक्का छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर ६ गतेसम्म कायम शेयरधनीले बैंकको सभामा भाग लिन तथा लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु:

क) सामान्य प्रस्ताबहरुः

१. संचालक समितिको तर्फवाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण स्वीकृत गर्ने ।

३. यस बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापीटल लि., ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड र जेविएनएल सेक्युरिटिज लिमिटेडको आ.व. २०७८/०७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७८/०७९ को मुनाफा समेतबाट चुक्ता पूँजीको १०.६ प्रतिशत नगद लाभांस स्वीकृत गर्ने ।

५) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आ.व.२०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।


ख) विशेष प्रस्तावहरुः
१. बैकको अधिकृत पूंजी रु. २५ अर्बलाई बृद्धि गरी रु.५० अर्ब कायम गर्ने सम्बन्धमा ।

२. संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व.२०७८/०७९ को मुनाफा समेतबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनश शेयर स्वीकृत गर्ने र सोही हद सम्म जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने।

३. बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने।

४. ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

५. ग्लोबल आइएमई बैंक लिमिटेड र बैक अफ काठमाण्डू लिमिटेड गाभ्ने/ गाभिने (मर्जर) प्रयोजनका लागि मुल्याइन कर्ताबाट प्राप्त चल / अचल सम्पत्ति दायित्व तथा कारोबारको मुल्याइन प्रतिवेदन (Due Diligence Audit DDA) आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १:१ (Share swap Ratio, 1:1) स्वीकृत गर्ने ।

६. ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्जर) सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पुरा भएको हुँदा बैंक अफ काठमाण्डू लिमिटेड यस बैंकमा गाभ्न/गाभिन अन्तिम स्वीकृति प्रदान गर्ने ।

७. बैंक अफ काठमाण्डु लिमिटेड यस बैकमा गाभिए पछि मर्जर सम्बन्धी सम्झौता पत्र अनुसार बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि हुने हुँदा सो बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न, हेरफेर गर्न र उपयुक्त व्यवस्था गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव
पारित गर्ने ।

८. ग्लोबल आइएमई बैंक लिमिटेडमा बैंक अफ काठमाण्डू लिमिटेड गाभिए पछि नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न कुनै निर्देशन दिएमा सो समेत मिलाई संशोधन गर्न तथा मर्जर सम्बन्धमा गर्नु पर्ने अन्य सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved