बैंक अफ काठमाण्डूको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2022 | 09:55:24 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डुले साधारणसभा आह्वान गरेको छ । बैंकले मङ्सिर २३ गते शुक्रबार आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो 

सभामा लाभांश पारित गर्ने, वित्तीय प्रतिवेदन पारित गर्ने, तथा  ग्लोबल आईएमई बैंकसँगको मर्जर सम्बन्धि प्रस्तावहरु पेश हुने छन्। मर्जमा जाने सम्झौता गरेपछि बैंकको शेयर कारोबार गत असार २ गतेदेखि रोक्का छ । असार १  गतेसम्म कायम शेयरधनीले बैंकको सभामा भाग लिन तथा लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु:


सामान्य प्रस्ताव

१. अध्यक्षज्यूको मन्तव्य तथा संचालक समितिको प्रतिवेदन आ.व. २०७८/७९ छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ. व. २०७८/७९ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ. व. २०७८/७९ को नाफा-नोक्सान हिसाव र सोही अवधिको नगदप्रवाह विवरण, नाफा-नोक्सान बाँडफाँड हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध अनुसूचीहरू)
उपर छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी 'बि.ओ.के. क्यापिटल मार्केट लि. को आ. व. २०७८/७९ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे अनुरूप बैंकको चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश रू. १,५८,८२,८७,११३/७६ (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्न स्वीकृत प्रदान गर्ने ।

५. लेखापरीक्षण समितिको सिफारिस अनुरूप बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव

१. संचालक समितिले प्रस्ताव गरे अनुरूप लाभांश वापत बैंकको चुक्ता पूँजीको ६ प्रतिशतका दरले हुने रू.६३,७४,३९,६४४/३२ बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत प्रदान गर्ने । उक्त बोनस शेयर जारी गर्दा हुन आउने खण्डित शेयरलाई पहिलेको खण्डित शेयरसंग समायोजन गरी बाँकी हुन
आउने खण्डित शेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

(क) प्रस्तावित बोनस शेयर जारी भएपश्चात् बैंकको पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्रको दफा ५ (क) ५ (ख) र ५ (ग) संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।

३. बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ती, दायित्व तथा कारोवारको मुल्याङ्कन (Due Diligence Audit) गरी मुल्याङ्कनकर्ताले सिफारिस गरेको शेयर स्वाप अनुपात (Share Swap Ratio) तथा मर्जर सम्बन्धी विषयमा संचालक समितिबाट भएका निर्णयहरू स्वीकृत गर्ने ।

४. बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड बिच सम्पन्न संस्था गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता-पत्र (स्कीम अफ एरेञ्जमेन्ट) स्वीकृत गर्ने । साथै मर्जर सम्बन्धी अन्य आवश्यक प्रकृयाहरू समेत पुरा गरी ग्लोबल आइएमई बैंक लिमिटेडसँग मर्जरको लागि अन्तिम स्वीकृती प्रदान गर्ने ।

५. मर्जर लगायत अन्य विशेष प्रस्तावाहरूको हकमा नेपाल राष्ट्र बैंक वा अन्य नियमन निकायहरूबाट कुनै विषयमा थपघट वा संशोधन गर्न निर्देशन भएमा सोही अनुरूप आवश्यक संशोधन र परिमार्जन गर्न तथा मर्जरको सम्बन्धमा गरीएको सम्झौता अनुरूप गर्नुपर्ने अन्य सम्पूर्ण काम कार्यहरूको लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved