सिभिल क्यापिटलको साधारणसभा आह्वान, यस्ता छन् ६ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2022 | 08:55:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल क्यापिटल मार्केट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले मङ्सिर २९ गते बिहिबार सिटिसी मल सुन्धारामा सभा आह्वान गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु: 

 साधारण प्रस्तावहरु :
१. अध्यक्षज्यूको प्रतिवेदन सहित सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०७८ ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. आर्थिक वर्ष २०७८ ७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा ११३ अनुसार आ.व. २०७८/७९ को लागि नियुक्त लेखापरीक्षक र निजको पारिश्रमिक निर्धारण अनुमोदन गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्तावहरू :

१. सिभिल क्यापिटल मार्केट लिमिटेड र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न / गाभिन / मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित कानून अनुसार क्यापिटलको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने
सम्बन्धमा ।

२. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम सो समेत मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved