माउण्टेन ईनर्जीको साधारणसभा आह्वान , यस्ता छन् ५ बुँदे प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2022 | 04:59:13 PM मा प्रकाशित

laxmi  sunrise bank

माउण्टेन ईनर्जी नेपालले साधारणसभा आह्व्ना गरेको छ । कम्पनीले पुस ८ गते काठमाडौँको आम्रपाली ब्याक्वेटमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

 कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्। 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

१. नवौं वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फवाट प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।

२. यस कम्पनीको लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व. २०७८ ७९ को वार्षिक वित्तीय विवरण (आषाढ मसान्त २०७९ मा समाप्त भएको वर्षको वासलात, आ.व. २०७८ । ७९ को नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, इक्यिटिमा भएको परिवर्तन सम्बन्धी विवरण लगाएत वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसुचीहरु ) उपर छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ.व. २०७९/८० को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने सम्वन्धमा । 

४. संचालक समितीले प्रस्ताव गरे बमोजिम प्रति शयर रु. १०.५२६३ (अर्थात १०.५२६३% का दरले नगद लाभांश स्विकृत गर्ने सम्बन्धमा ।

५. संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको निर्वाचन गर्ने सम्वन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved