माउण्टेन ईनर्जी नेपालको लाभांश सुरक्षित गर्ने आज मङ्सिर २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्।
कम्पनीको आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायाम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले पुस ८ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
१. नवौं वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फवाट प्रस्तुत आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्वन्धमा ।
२. यस कम्पनीको लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व. २०७८ ७९ को वार्षिक वित्तीय विवरण (आषाढ मसान्त २०७९ मा समाप्त भएको वर्षको वासलात, आ.व. २०७८ । ७९ को नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण, इक्यिटिमा भएको परिवर्तन सम्बन्धी विवरण लगाएत वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसुचीहरु ) उपर छलफल गरी पारित गर्ने ।
३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस कम्पनीको आ.व. २०७९/८० को लागि लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक तोक्ने सम्वन्धमा ।
४. संचालक समितीले प्रस्ताव गरे बमोजिम प्रति शयर रु. १०.५२६३ (अर्थात १०.५२६३% का दरले नगद लाभांश स्विकृत गर्ने सम्बन्धमा ।
५. संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको निर्वाचन गर्ने सम्वन्धमा ।