दोहोरो अंकले बढ्यो नेप्से सूचक: नबिल बैंकको कारोबार उच्च, बैंकिंङ बाहेकका सबै उपसूचक हरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 03:18:11 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १६.९७ अंकले बढेर १९०२.२८ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २४५ कम्पनीका ४४ लाख ७० हजार ६ सय २५ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ३६ करोड ६० लाख १० हजार ४ सय ६४ रुपैयाँ २ पैसाको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको सर्वाधिक २१ करोड ३२ लाखको कारोबार भएको छ । नबिलले हिजो मात्र लाभांश घोषणा गरेको थियो । 

त्यस्तै कुमारी बैंकको सस्थापक शेयरको १० करोड ९८ लाखको कारोबार भएको छ । शिवम सिमेन्टको ६ करोड २१ लाख, आशा लघुवित्तको संस्थापक शेयरको ५ करोड ९३ लाख तथा हिमालयन डिस्टिलरीको ४ करोड ३५ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै टेलिकमको शेयर मूल्य ७.४६ प्रतिशत बढेको छ । आदर्श लघुवित्त र धौलागिरी लघुवित्तको शेयर मूल्य समान ६.०८ प्रतिशतले बढेको छ।

आज ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाई मूल्य सर्वाधिक ९.९३ प्रतिशत घटेको छ भने कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ५.७१ प्रतिशत घटेको छ । त्यस्तै मैलुंग खोला हाइड्रोको शेयर मूल्य ५.७१ प्रतिशत, नबिल बैंकको शेयर मूल्य ३.६६ प्रतिशत तथा अपर हेवाखोलाको शेयर मूल्य २.२१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग  बाहेकका सबै समुहगत सूचक बढेका छन् । बैंकिंग समुह भने ०.५८ प्रतिशत घटेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved