स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई एशियन हाइड्रोको आईपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2022 | 08:37:39 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन हाइड्रोपावर लिमिटेडले आज मङ्सिर २७ गतेदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ बिक्रि खुला गरेको हो 

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र इलामको इलम नगरपालिका वडा नम्बर १०, माई जोगमाई गाउपालिका वडा नम्बर ३ र ४ , तथा सुर्योदय नगरपालिका वडा नम्बर ११ का स्थानीयलाई १ लाख ३६ हजार कित्ता शेयर निष्काशन गरेको छ । त्यस्तै उल्लेखित स्थान बाहेकका इलाम जिल्लाका अन्य स्थानियका लागि २ लाख ४ हजार कित्ता शेयर निष्काशन हुने छ ।  त्यस्तै ८४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन हुने छ 

स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा पुस १२  गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन सकिने छ श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा पुस १२ गतेसम्म मात्र आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved