
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एक साथ ३ कम्पनीको आईपिओ सुचिकृत भएको छ । आज इस्टर्न हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र श्रीजनशील लघुवित्तको शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै बुधबारदेखि कम्पनीको शेयर कारोबार गर्न सकिने छ ।
आज इस्टर्न हाइड्रोको ६२ लाख कित्ता, पिपुल्स हाइड्रोको ३ करोड २० लाख कित्ता र श्रीजनशील लघुवित्तको १० लाख ९३ हजार ७ सय ५० कित्ता शेयर सुचिकृत भएको हो । इस्टर्न हाइड्रोको शेयर EHPL, पिपुल्स हाइड्रोको शेयर PHCL र श्रीजनशील लघुवित्तको शेयर SHLB सिम्बलबाट कारोबार हुने छ।
नेप्सेले इस्टर्न हाइड्रोको पहिलो कारोबारको लागि ७१ रुपैयाँ ३३ पैसादेखि २१६ रुपैयाँ ९९ पैसासम्मको सुरुवाती रेन्ज तोकेको छ। यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ।
त्यस्तै पिपुल्स हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ।
श्रीजनशील लघुवित्तको पहिलो कारोबारको लागि ३०२ देखि ९०६ रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । अब बुधबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा यी कम्पनीको शेयर कारोबार हुने छ ।