सम्पूर्ण सुचिकृत कम्पनीको सञ्चालक तथा कार्यकारी प्रमुखको शेयर रोक्का राख्न नेप्सेको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2022 | 03:18:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख लगायतको शेयर कारोबार रोक्का राख्ने ब्यबस्था मिलाउन सम्पूर्ण सुचिकृत कम्पनीलाई निर्देशन दिएको छ ।  धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१क) अनुसार शेयर कारोबार रोक्का राखेर सो को जानकारी नेप्सेमा गराउन सम्पूर्ण सुचिकृत कम्पनीलाई नेप्सेले निर्देशन दिएको हो। 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७९ को नियम ३८ (१क) मा “संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन” भन्ने व्यवस्था रहेको छ ।

सोहि ब्यबस्था स्मरण गराउंदै नेप्सेले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई उल्लेखित पदाधिकारीहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको शेयर सिडियस एण्ड क्लियरिङ्ग लिमिटेडमा नियमावलीमा उल्लेखित समयावधिसम्म रोक्का राख्न धितोपत्र ऐन, २०६३ को दफा ४८ अनुसार निर्देशन जारी गरेको हो।  १५ दिन भित्र शेयर रोक्का राखी जानकारी गराउनु एवं नयाँ हुने उल्लेखित पदाधिकारीहरुको उपर्युक्त अनुसार शेयर रोक्का गरेर मात्र जिम्मेवारी लिने व्यवस्था गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved