अवैध शेयर कारोबारमा ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपाने, कारवाही गर्ने धितोपत्र बोर्डको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 12:52:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र  बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई कारवाही गर्ने निर्णय गरेको छ। उनीहरुले कानुन विपरित अवैध रुपमा आफु पदमा हुँदा नै दोस्रो बजारमा शेयर खरिद बिक्रि गरेको पुष्टि भएपछि बोर्डले कारवाही अघि बढाउने निर्णय गरेको हो ।

धितोपत्र बोर्डको यसै साता बसेको संचालक समितिको बैठकले कारवाही अगाडी बढाउने निर्णय गरेको बोर्ड स्रोतले जनाएको छ । धितोपत्र बोर्डले एक वर्ष अगाडी नै उनीहरुको शेयर कारोबार बारे अध्ययन गरेको थियो । अध्ययनको क्रममा उनीहरुले सञ्चालक समितिमा रहेकै अवस्थामा सेयर कारोबार गरेको देखिएको थियो। अध्ययनको निष्कर्ष मिडिया मार्फत पनि सार्वजनिक भईसकेको र बोर्डले उनीहरुलाई संरक्षण गरेको आरोप लागेपछि बोर्डले उनीहरु माथि कारवाही अघि बढाउने निर्णय गरेको हो ।

बोर्ड स्रोतका अनुसार अब उनीहरुलाई स्पष्टिकरण सोधिने छ । आएको जवाफको आधारमा कारवाही गर्ने बोर्डको तयारी छ । 

धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१क) अनुसार कुनै पनि सुचिकृत कम्पनीको संचालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदवाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था गरेको छ ।

तर बोर्डले नै गरेको अध्ययनले नेपाल हाइड्रोको अध्यक्ष रहंदा प्रधानले  श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर बेचेको देखिएको थियो । त्यस्तै गुरु न्यौपानेले आफु अध्यक्ष रहंदा नै तत्कालिन रिडी डेभलपमेन्ट कम्पनीको २०७७ चैत १९ देखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको  २८ हजार ९५३ कित्ता शेयर बिक्री गरेका थिए। 

बोर्डले उनीहरु दुवै माथि थप अनुसन्धान गर्ने निर्णय गर्दै सो को लागि एक कमिटि समेत गठन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved