बुटवल पावरको सहायक कम्पनी नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले ८.४२ प्रतिशत लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2022 | 09:10:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २२ गते शुक्रबार बुटवल स्थित रजिस्टर्ड कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभंसः सहितका प्रस्ताव पेश हुने छन् । कम्पनीले २०७९ आषाढ मसान्त सम्मको कायम चुक्ता पुँजी रु १३,९५,३०,०००/ को ८ प्रतिशत र कर प्रयोजनका लागि ०.४२ प्रतिशत समेतले हुन आउने जम्मा रकम रु १,१७,४८,४२६ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै सभामा  आ. व. २०७८ / ७९ को संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा आ.व. २०७८ / ०७९ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाहको बिवरण प्रस्तुत गर्ने र आ.व.२०७९/८० मा संस्थाको हरहिसाबको लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छन् । 

यो बुटवल पावर कम्पनीको सहायक कम्पनी हो । कम्पनीमा बुटवल पावरको ५१.३०१ प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै नर्वेको आईकेएन इन्ड्सट्रियल कम्पनीको ४६.९०७ प्रतिसत लगानी रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved