शेयरबजार दोहोरो अंकको गिरावट: कृषि विकास बैंकको कारोबार उच्च, सबै समुहगत सूचक रातो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 03:21:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २७.५४ को बिन्दुमा पुगेर १८५५.०६ को बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका २५० कम्पनीका ३७ लाख ७८ हजार ९ सय ५१ कित्ता शेयरखरिद बिक्रिबाट १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँ ९ पैसाको कारोबार भएको छ । जस मध्ये कृषि विकास बैंकको सर्वाधिक ६ करोड २५ लाखको कारोबार भएको छ भने रिडी हाइड्रोको ५ करोड ४३ लाख , नबिल बैंकको ४ करोड ४१ लाख, नेपाल टेलिकमको ४ करोड ८९ लाख, तथा हिमालयन डिस्टिलरीको ४ करोड ७९ लाखको कारोबार भएको छ ।

आज इस्टर्न हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ भने ग्लोबल आईएमई ब्यालेन्स फण्डको इकाई मूल्य ९.३५ प्रतिशत बढेको छ । त्यस्तै धौलागिरी लघुवित्तको शेयर मूल्य ८.२० प्रतिशत, खप्तड लघुवित्तको शेयर मूल्य ६.११ प्रतिशत तथा बुद्धभूमि हाइड्रोको शेयर मूल्य ४.०१ प्रतिशत बढेको छ ।

आज रुरु हाइड्रो र पिपुल्स हाइड्रोको हेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकको शेयर मूल्य ७.३१ प्रतिशत घटेको छ भने मन्जुश्री फाइनान्सको शेयर मूल्य ७.१३ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक २.८८ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका मध्ये १८० कम्पनीको शेयर मूल्य घटेको छ भने २५ कम्पनीको मूल्य मात्र बढेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved