
सीवाईसी नेपाल लघुवित्तसँग गाभिने प्रक्रियामा रहेको आंधीखोला लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आज पुस ४ गतेको निर्णय अनुसार आँधीखोला लघुवित्तको शेयर कारोबार फुकुवा भएको हो । यस सँगै अब मंगलबार कम्पनीको शेयर कारोबार गर्न सकिने भएको छ ।
नेप्सेले आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम दुवै बैंकको शेयर कारोबार फुकुवा भएको हो । यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ ।
सोहि ब्यबस्था अनुसार नै मर्जर प्रक्रियामा रहेका अधिकांश कम्पनीको शेयर कारोबार फुकुवा भईसकेको छ ।