नेपाल टेलिकमको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 08:27:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । टेलिकमको बुधबार बसेको बैठकले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको हो ।

जस अनुसार टेलिकमले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति भए पश्चात् आ.व. २०७८ / ७९ को कम्पनीको मुनाफा रकम मध्येबाट शेयरधनीहरूलाई प्रति शेयर रु. ४०/- (अक्षरेपी चालिस रुपियाँ मात्र) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै टेलिकमले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ देखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् सभामा पेश हुने लाभांश बाहेकका अन्य प्रस्ताव:

क) आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

ख) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८ / ७९ को वासलात, नाफा/ नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।

ग) लेखा परीक्षण ऐन, २०७५ को दफा ११ मा भएको व्यवस्था अनुसार श्री महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन, २०६३ को दफा १६५ (घ) को प्रावधान अनुरूप कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० का लागि कम्पनीको लेखा परीक्षक नियुक्त गर्ने, निजहरूको पारिश्रमिक निर्धारण गर्ने तथा नियुक्तीका अन्य सर्तहरू निर्धारण गर्ने प्रस्ताव पारित गर्ने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved