कालिका पावर कम्पनीको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 08:59:02 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका पावर कम्पनीले लाभांश घोषणा गर्दै साधारणसभा आह्वान गरेको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफ बाट बितरण गर्ने प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी ६९ करोडको १५ प्रतिशतले हुन आउने १० करोड ३५ लाख बराबरको बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै कम्पनीले कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

कम्पनीको आगामी साधारणसभाले परेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस २९ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved