मर्जर प्रक्रियामा रहेका मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा आज हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 09:13:02 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रक्रियामा रहेका मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले आज पुस ७ गते साधारणसभा गर्दै छन्  । नेपाल इन्भेष्टमेन्ट बैंकले बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा बोलाएको छ भने मेगा बैंकले बिहान १० बजे राष्ट्रिय सभागृहमा साधारणसभा  बोलाएको छ । दुवै बैंकको साधारणसभामा लाभांश बितरण मर्जर लगायतका प्रस्ताव पेश हुने छन् ।

इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा आ.व.२०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । विशेष प्रस्ताव अन्तर्गत मेगा बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पेश हुने छ । त्यस्तै बैंकले अधिकृत पुँजी १८ अर्बबाट ५० अर्ब पुर्याउने प्रस्ताव सभामा पेश गर्ने छ । 

१००:९० को स्वापमा इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुन लागेका हुन् । अर्थात् मेगा बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर पाउने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ देखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो  । मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  । 


त्यस्तै मेगा बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ३.७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

त्यस्तै सभामा आ.व.२०७८/८९ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव हुने छन् । विशेष प्रस्ताव अन्तर्गत इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने, मर्जर सम्बन्धमा हालसम्म भए गरेका कामकारवाही अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट मर्जर प्रक्रियामा तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रकियामा संशोधन गर्न निर्देशन आएमा सो सम्बन्धि कार्यहरु गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्तावहरु पेश हुने छ ।

१००:९० को स्वापमा इन्भेष्टमेन्ट र मेगा बैंक मर्ज हुन लागेका हुन् । अर्थात् मेगा बैंकको १०० कित्ता शेयर हुने शेयरधनीले मर्जरपछि बन्ने बैंकको ९० कित्ता शेयर पाउने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २३ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । मङ्सिर २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved