लक्ष्मी बैंकको साधारणसभा आह्वान, यस्ता छन् ४ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 11:14:30 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २८ गते कमलपोखरी स्थित अग्रवाल भवनमा सभा आह्वान गरेको हो ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव : ।

 सामान्य प्रस्ताव
१. बाइसौं वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८ / ०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्ने ।

३. बैंकको लेखा परीक्षण समितिको सिफारिश वमोजिम आ.व. २०७९ / ०८० को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री पि.के.एफ. टि. आर. उपाध्या एण्ड कम्पनी, चार्टड एकाउन्टेन्ट्स पुनः नियुक्तिका लागि योग्य हुनुहुन्छ)

 विशेष प्रस्ताव
१. लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने (Merger ) तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ती (Acquisition) गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई दिइएको अख्तियारी लाई निरन्तरता दिने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved