श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारणसभा आह्वान , यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 11:27:20 AM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट   ५.२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.४ प्रतिशत नगद गरि कुल ७.६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

  साधारण प्रस्ताव१. अध्यक्षज्यूको मन्तव्य तथा सञ्चालक समितिको आ.व. २०७८ / ०७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने,

२. लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७८/०७९ आषाढ मसान्तको बासलात तथा सोहि आ.व. सम्मको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसंग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने,

३. लेखापरीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०७९/०८० को लागी लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने। (P&B Associates पुनः नियुक्तीकोलागी योग्य हुनुहुन्छ ।)

४. सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप कम्पनीको चुक्ता पूँजीको ५. २०% ले हुन आउने रु. ४,९८,५१,१००/- (अक्षरेपी चार करोड अन्ठान्नब्बे लाख एकाउन्न हजार एक सय मात्र) बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने ।

विशेष प्रस्ताव
१. सञ्चालक समितिले प्रस्ताव गरे अनुरूप हालको चुक्ता पूँजीको २.४०% ले हुन आउने रु. २,३०,०८,२००/- अक्षरेपी दुई करोड तीस लाख आठ हजार दुई सय मात्र) बरावरको बोनश शेयर वितरण गर्न स्वीकृत प्रदान गर्ने,

२. बोनश शेयर बितरणबाट कम्पनीको साविक जारी तथा चुक्ता पूँजी रु.९५,८६,७५,०००/- बाट वृद्धि भई रु.९८,१६,८३२०० /- (अक्षरेपी अन्ठान्नब्बे करोड सोह लाख त्रियासी हजार दुई सय मात्र) कायम हुने गरि कम्पनीको प्रवन्धपत्रको सम्बन्धित दफामा संशोधन गर्न स्विकृत प्रदान गर्ने ।

३. संस्थापक तर्फको विद्यमान शेयर स्वामित्व ५३.३२% र सर्व साधारण तर्फको शेयर स्वामित्व ४६.६८% लाई क्रमशः ५१% र ४९% कायम गर्न प्रवन्ध पत्रको दफा ५ को खण्ड (घ) र (ङ) मा तदनुसार संशोधन गर्न स्वीकृति प्रदान गर्ने ।

४. उपरोक्त प्रस्ताव बमोजिम कम्पनीको प्रबन्धपत्रमा सशोधन गर्न तथा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव भएमा तदनुसार समावेस गरि संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved