सेन्ट्रल फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 11:35:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ५  प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

 सामान्य प्रस्ताव


१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्ने वार्षिक प्रतिवेदन पारित गर्ने बारे ।

२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७२ साल असार मसान्तको वासलात तथा मिति २०७८/०४/०१ देखि २०७९ / ०३ / ३२ सम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहको विवरण पारित गर्ने बारे ।

३. लेखा समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।

४. सञ्चालक समितिले सिफारिस गरेको चुक्ता पूँजीको ५ प्रतिशतले हुने रकम रु. ४ करोड ७४ लाख ४३ हजार ७ सय ७२ पैसा ९४ नगद लाभांश दिने प्रस्ताव पारित गर्ने बारे ।

५. सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक संख्या ३ र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक संख्या ३ को निर्वाचन गर्नेबारे ।

 विशेष प्रस्ताव

१. सञ्चालकहरुको सुविधा वृद्धि गर्ने तथा सोसँग सम्बन्धित नियमावली संशोधन सम्बन्धमा ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved