सिनर्जी पावरको साधारणसभा आह्वान, यस्ता छन् ४ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2022 | 08:37:48 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ३० गते शनिवार बालुवाटार स्थित टाइम्स स्क्वायर लाउन्जमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने विषयसूची: 

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. २०७८ / ०७९ को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन पारित गर्ने सम्बन्धमा ।

२. आ.व. २०७८ / ०७९ को लेखापरीक्षकको प्रतिवेदन र सोही आ. व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित अनुसूचिहरू स्वीकृति गर्ने सम्बन्धमा ।

३. आ.व. २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक तोक्ने सम्बन्धमा। 

४. विविध ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved