२ वाणिज्य बैंकसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 09:16:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १२ गते विभिन्न ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुधबार बुक क्लोज गर्ने निर्णय गरेका ५ कम्पनीको लाभांश सुअरस्खित गर्ने आज पुस १२ गते अन्तिम दिन रहेको हो 

आज सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, बिन्धवासिनी हाइड्रो र राधि विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो 

सिद्धार्थ बैंकले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले १२.५० प्रतिशत बोनस शेयर र ०.६६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

नेपाल एसबिआई बैंकले पुस २५ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

लुम्बिनी विकास बैंकले पुस २६ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ३ प्रतिशत बोनस शेयर र ९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ 

राधि विद्युत कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ४.७५  प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 

विन्धवासिनी हाइड्रोले पुस २२ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.०२६३२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । 


 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved