शेयर लगानीकर्तालाई अर्थमन्त्री पौडेलले भने 'विगतमा भन्दा राम्रो कार्य गर्छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 11:39:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरुले नव नियुक्त अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरेका छन् । संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वको टोलीले पौडेललाई उनकै निवासमा भेट गरेको हो ।

भेटमा अर्थमन्त्री पौडेलले आउँदा दिनमा आफ्नो तर्फबाट बिगतमा भन्दा राम्रो कार्य गर्ने बचन प्रतिबद्धता ब्यक्त गरेको संघकी अध्यक्ष राधा पोखरेलले बताएकी छिन्। यस अघि पनि पौडेल कै कार्यकालमा पूँजीबजारले फड्को मारेको र यस पटक पनि पुँजी बजारले उनकै कार्यकालमा फड्को मार्ने विश्वास संघले व्यक्त गरेको छ ।

संघका पदाधिकारीले मन्त्री पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved