विष्णु पौडेल अर्थमन्त्री भएपछि लगानीकर्ताको मनोबल बढ्यो, ३ अर्ब ८८ करोडको शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 03:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार पनि शेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । आज नेप्से सूचक ५९.८७ अंकले बढेर १९८३.९६ को बिन्दुमा पुगेर्को छ ।

आज कारोबारमा आएका  २६१ कम्पनीका १ करोड २० लाख २९ हजार ६ सय ३ कित्ता शेयर खरिद बिक्रिबाट ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९ सय ९७ रुपैयाँ ९७ पैसाको कारोबार बह्येको छ । जस मध्ये लक्ष्मी बैंकको सर्वाधिक २० करोड ९४ लाखको कारोबार भएको छ भने नेपाल टेलिकमको १४ करोड १ लाखको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १२ करोड १० लाखको कारोबार हुँदा नबिल बैंकको ११ करोड ३२ लाख र एनआईसी एसिया बैंकको १० करोड १२ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये आधार दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज आँधीखोला लघुवित्तको शेयर मूल्य सर्वाधिक २.६३ प्रतिशतले घटेको छ भने मिर्मिरे लघुवित्तको शेयर मूल्य २.२२ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये हाइड्रो समुह सर्वाधिक ४.६८ प्रतिशत र होटेल समुह ४.२६ प्रतिशतले बढेको छ । आज कारोबारमा आएका मध्ये २०२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य मात्र घटेको छ । २ कम्पनीको मूल्य स्थिर रहेको छ । 

अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल नियुक्त भएर उनले कार्यभार सम्हालेसँगै शेयर लगानीकर्ताको मनोबल बढ्दा नेप्सेमा लामो समयपछि कारोबार पनि उच्च भएको छ । मन्त्री पौडेलले व्यवसायीहरुको भेटमा अर्थतन्त्रमा रहेको समस्या समाधान गर्ने बताएका छन् भने शेयर लगानीकर्तासँगको भेटमा पहिलेको भन्दा राम्रो काम गर्ने बताएका छन् । त्यस्तै मन्त्रिपरिषद बैठकले नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने निर्णय गरिसकेकोले लगानीकर्ता उत्साहित देखिन्छन् । मन्त्री पौडेलले राष्ट्र बैंकका गभर्नरलाई पनि सँगै राखेर व्यवसायीका समस्या समाधान गर्ने बताएका छन् । जसका कारण राष्ट्र बैंकको नीतिमा फेरबदल हुन सक्ने अनुमानमा लगानीकर्ता रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved