यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2022 | 08:19:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १४ गते बिहिबार विभिन्न ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनको लागि पुस १५ गते र पुस १७ गते बुक क्लोज गरेका कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आज पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्।

हेर्नुस् ति कम्पनी, साधारणसभाको मिति र प्रस्ताव गरिएको लाभांश दर:

१. कम्पनीको नाम : आरएसडिसी लघुवित्त

साधारणसभा मिति: पुस २९

लाभांश : ३ प्रतिशत नगद र ८ प्रतिशत बोनस


२. कम्पनीको नाम : कालिका पावर

साधारणसभा मिति: पुस २९

लाभांश : ०.७८९५ प्रतिशत नगद र १५ प्रतिशत बोनस


३. कम्पनीको नाम : युनाइटेड इन्स्योरेन्स

साधारणसभा मिति: पुस २७

लाभांश : ०.२६३२ प्रतिशत नगद र ५ प्रतिशत बोनस


४.कम्पनीको नाम : फरवार्ड माइक्रोफाइनान्स

साधारणसभा मिति: पुस ३०

लाभांश : ५ प्रतिशत नगद र २५ प्रतिशत बोनस


५. कम्पनीको नाम : सेन्ट्रल फाइनान्स

साधारणसभा मिति: पुस २९

लाभांश : ५ प्रतिशत नगद


६. कम्पनीको नाम : फर्स्ट माइक्रोफाइनान्स

साधारणसभा मिति: पुस ३०

लाभांश : १ प्रतिशत नगद र १९ प्रतिशत बोनस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved