सन् २०२२ को अन्तिम कारोबारमा नेप्से सूचक बढेर २०२९ को बिन्दुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2022 | 03:29:31 PM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस १४ गते बिहिबार सन् २०२२ को अन्तिम दिनको शेयर कारोबार भएको छ । सन् २०२२ को दिनको अन्तिम शेयर कारोबारमा नेप्से सूचक दोहोरो अंकले बढेको छ । 

आज नेप्से सूचक ५६.८८ अंकले बढेर २०२९.०३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २५७ कम्पनीका ८० लाख २४ हजार ५ सय ५९ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७ सय ८१ दशमलव ६८ रुपैयाँको कारोबार भएको छ । जस मध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १२ करोड १३ लाखको कारोबार भएको छ। त्यस्तै नेपाल टेलिकमको १० करोड ९२ लाख, रिडी हाइड्रोको १० करोड १४ लाख, तथा एनआईसी एसिया बैंकको ९ करोड ६६ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये आधा दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज नेष्डो समृद्द लघुवित्तको शेयर मूल्य सर्वाधिक १.०४ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये हाइड्रो समुह सर्वाधिक ४.९२ प्रतिशत बढेको छ भने विकास बैंक समुह ३.३५ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका मध्ये २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको मात्र सहेय्रा मूल्य घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved