कालिन्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो ।
कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने कम्पनीका कर्मचारीलाई २१ हजार ६ सय कित्ता शेयर छुट्याएको छ । बाँकि रहेको ८ लाख ९६ हजार ४ सय कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गर्न लागिएको हो ।
यस निष्काशनमा सर्बसाधारणले माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ हजार ९ सय ९० कित्ता कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ ।