सापकोटाको अध्यक्षतामा ब्रोकर संघमा नयाँ नेतृत्व चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2023 | 10:40:40 AM मा प्रकाशित

laxmi  sunrise bank

धर्मराज सापकोटाको अध्यक्षतामा स्टक ब्रोकर एसोसिएसन अफ नेपालमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार भएको निर्वाचनमा अध्यक्ष पदको लागि धर्मराज सापकोटाले गुणनिधि भुसाललाई पराजित गरेका हुन् ।  सापकोटा २८ मत ल्याएर विजयी हुँदा भुसालले १६ मत ल्याए ।

दिनभरिको सहमति को प्रयास असफल भएपछि अध्यक्ष पदको लागि शनिवार साँझ निर्वाचन भएको थियो । अध्यक्ष बाहेकका पदमा भने सर्वसम्मत भएको हो । 

संघको उपाध्यक्षमा सरिता अधिकारी (विष्ट) , महासचिवमा फणिन्द्र ढकाल, कोषाध्यक्षमा मदन पौडेल, तथा सचिवमा सुवोध अधिकारी चयन भएका छन् ।  सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन भएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved