माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको शेयर बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक प्रभु क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले मङ्सिर २३ गतेदेखि संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरुको लागि ६,००,००० र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थाई बासीन्दाहरुको लागि ४,००,००० कित्ता शेयर निष्काशन गरेको थियो ।
क्यापिटलका अनुसार उक्त शेयर बाँडफाँडमा अति प्रभावितमा १,७७२ जना आवेदकबाट प्राप्त ६,९०,९४० कित्ताको लागि प्राप्त आवेदन रितवुर्वक प्राप्त भएकोमा १० कित्ता देखि १,२०० कित्ता सम्म आवेदन आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा ५,२१,६२० कित्ता शेयर र १२०० कित्ता भन्दा बढी ९,५२० कित्ता शेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२०० कित्ता शेयर गरी ७८,००० कित्ता शेयर गर्दा जम्मा ५,९९,६२० कित्ता शेयर भएको र बाँकी रहेको ३८० कित्ताको लागि १३०० कित्ता देखि ९,५२० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये ३८ जना हरेकलाई १० कित्ता शेयर बाँडफाँड गरिएको छ ।
साथै प्रभावितमा २,०६२ जना आवेदकहरुबाट ४,०१,८०० कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपुर्वक प्राप्त भएका आवेदनहरु मध्येहरुलाई ४,००,००० कित्ता शेयर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको क्यापिटलले जनाएको छ।
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइटमा हेर्न सकिने ।