नबिल बैंक सहित ५ वटा कम्पनीमा नेप्सेको शेयर लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2023 | 03:54:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेसँग आफ्नो सहायक कम्पनी बाहेक अन्य ५ वटा कम्पनीको पनि शेयर स्वामित्व रहेको छ । सिडीएस एण्ड क्लियरिङ नेप्सेको पूर्ण स्वामित्वको सहायक कम्पनी हो । नेप्सेसँग सिडीएसको ३० लाख कित्ता शेयर अर्थात् १०० प्रतिशत स्वामित्व रहेको छ 

नेप्सेले प्रकाशन गरेको ४१ औ वार्षिक प्रतिवेदन अनुसार सिडीएस बाहेक नेप्सेले अन्य ५ वटा कम्पनीमा पनि शेयर लगानी गरेको छ । नेप्सेले बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, नबिल बैंक, नागरिक लगानी कोष, र युनाईटेड इन्स्योरेन्स कम्पनीमा शेयर लगानी गरेको छ 

नेप्सेसँग बुटवल धागो कारखाना १ हजार कित्ता शेयर रहेको छ भने भने गोरखकाली रबर उद्योगको १०० कित्ता शेयर छ । कुनै समय नेप्सेमा सुचिकृत यी दुई कम्पनीको शेयर सूचीकरण नेप्सेले स्थगित गरिसकेको छ 

नेप्सेसँग शेयर स्वमित्व भएका अन्य ३ कम्पनी भने हाल पनि दोस्रो बजारमा कारोबार भईरहेका छन् । नेप्सेसँग शेयर रहेको नबिल बैंक, नागरिक लगानी कोष, र युनाईटेड इन्स्योरेन्स कम्पनी अहिले दोस्रो बजारमा कारोबार मै छन् ।

नेप्सेसँग नबिल बैंकको ६ लाख १ हजार १ सय ३१ कित्ता शेयर रहेको छ । अर्थात् नेप्सेसँग नबिल बैंकको ०.३२५ प्रतिशत शेयर स्वामित्व रहेको छ । 

त्यस्तै नेप्सेसँग नागरिक लगानी कोषको ३२ लाख ६९ हजार ९ सय ९८ कित्ता शेयर रहेको छ । अर्थात् नेप्सेसँग नागरिक लगानी कोषको १० प्रतिशत शेयर स्वामित्व रहेको छ । त्यस्तै नेप्सेसँग युनाइटेड इन्स्योरेन्सको ०.००३ प्रतिशत शेयर अर्थात् २८२ कित्ता शेयर रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved