दोहोरो अंकले नेप्से बढ्दा होटेल र हाइड्रोमा लगानीकर्ताको आकर्षण, अपि र अपरको कारोबार उच्च

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2023 | 03:15:59 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ३२.७२ अंकले बढेर २१८२.११ को बिन्दुमा पुगेको हो ।

आज कारोबारमा आएका २५० कम्पनीका १ करोड १८ लाख ८३ हजार २ सय ८७ कित्ता शेयर खरिदबिक्रिबाट ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७ रुपैयाँ ७६ पैसाको कारोबार भएको छ । जस मध्ये अपि पवरको सर्वाधिक २३ करोड २६ लाखको कारोबार भएको छ भने अपर तामाकोशीको ११ करोड ३८ लाखको कारोबार भएको छ ।

आज ग्रिन भेन्चर्स लिमिटेड, आदर्श लघुवित्त , र पिपुल्स हाइड्रोको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बाराही हाइड्रोको शेयर मूल्य ९.९७ प्रतिशत र घलेम्दी हाइड्रोको शेयर मूल्य ९.९६ प्रतिशत बढेको छ । आज सर्वाधिक गुमाउने म्युचुअल फण्डहरु रहेका छन् ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग बाहेकका सबै सूचक बढेका छन् । जस मध्ये होटेल तथा टुरिजम समुह सर्वाधिक ५.१२ प्रतिशत बढेको छ भने हाइड्रो समुह हाइड्रो समुह ५.०३ प्रतिशत बढेको छ । बैंकिंग समुह ०.२९ प्रतिशतले घटेको हो ।

आज कारोबारमा आएका मध्ये १६९ कम्पनीको मूल्य बढेको छ भने ३० कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved