सिडिएससिको आम्दानी १ अर्ब बढी, ३० करोड लाभांश वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2023 | 06:22:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससि) ले गत आर्थिक वर्षमा १ अर्ब बढी आम्दानी गरेको छ  । कम्पनीको वार्षिक प्रतिवेदन अनुसार सिडिएससिले आ.व.२०७७÷७८ मा रु. ९४ करोड ४१ लाख २३ हजार कूल आम्दानी गरेकोमा आ.व.२०७८÷७९ मा सो आम्दानी ११ प्रतिशतले बढेर रु.१ अर्ब ४ करोड ७९ लाख ४१ हजार भएको छ ।

त्यसैगरी सिडिएससिको आ.व.२०७७÷७८ मा रु.११ करोड ३६ लाख ६० हजार खर्च भएकोमा आ.व.२०७८÷७९ सो रकम १३.०६ प्रतिशतले बढेर रु.१२ करोड ८५ लाख २ हजार खर्च भएको छ । सिडिएससिले आ.व.२०७७÷७८ मा खुद नाफा रु. ५७ करोड ३६ लाख ४९ हजार आर्जन गरेकोमा आ.व. २०७८÷७९ मा रु. ५८ करोड ८७ लाख ८६ हजार खुद नाफा आर्जन गरेको छ ।

सिडिएससिले आयकर बापत आ.व. २०७७÷७८ मा रु.२५ करोड ५६ हजार भुक्तानी गरेकोमा आ.व. २०७८÷७९ मा रु.२५ करोड ५९ लाख ३३ हजार भुक्तानी गरेको छ । सिडिएससिले गत आर्थिक वर्षको तुलनामा आ.व.२०७८÷७९ मा २.३५ प्रतिशत बढी आयकर भुक्तानी गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाट आर्थिक वर्ष २०७७÷०७८ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा यस सिडिएस एण्ड क्लियरि· लि. लाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाट “एघारौं राष्ट्रिय कर दिवस २०७९” को अवसर सम्मान पाएको थियो ।

आ.व.२०७७÷७८ मा जगेडा कोषमा रु. ६७ करोड २२ लाख ६९ हजार रहेकोमा आ.व.२०७८÷७९ मा रु.१ अर्ब १४ करोड २८ लाख १० हजार रहेको छ । त्यसैगरी सिडिएससिको प्रति शेयर आम्दानी आ.व. २०७७÷७८ मा रु.१९१.२२ रहेकोमा आ.व.२०७८÷७९ मा सिडिएससिको प्रति शेयर आम्दानी बढेर रु.१९६.२६ पुगेको छ ।

सिडिएससिको अधिकृत पूँजी ५० लाख कित्ता प्रति शेयर रु.१०० मा विभाजन गरी रु.५० करोड कायम गरिएको छ भने जारी तथा चुक्ता पूँजी ३० लाख कित्ता प्रति शेयर रु.१०० को दरले रु.३० करोड कायम गरिएको छ । आ.व.२०६९÷७० मा संस्थापक कम्पनी नेपाल स्टक एक्सचेन्ज सिडिएससिबाट सम्पूर्ण रकम रु.३० करोड नै चुक्ता भएको छ । सिडिएससिले आ.व.२०७७÷७८ मा शेयरधनीलाई ४० प्रतिशतका दरले रु. १२ करोड नगद लाभांश वितरण गरेकोमा आ.व.२०७८÷७९ मा १०० प्रतिशतले हुने रु. ३० करोड नगद लाभांश दिएको छ । 

सिडिएससि नेपाल स्टक एक्सचेन्ज नेप्सेको पूर्ण स्वामित्वको कम्पनी हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved