एनआईबिएल सहभागिता फण्डको आकार २ अर्ब कायम, एसआईपीबाट जोडिए २५ हजार लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2023 | 10:34:53 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” को आकार २ अर्ब कायम भएको छ ।  यो योजना नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्घक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो ।  

सुरुमा १० करोड इकाईसम्म जारी गर्न सकिनेगरी हाल योजनाकोआकार रु. १ अर्ब रहेको थियो । आम लगानीकर्ताहरुको माग बमोजिम सो इकाई जारी गरीसकिएको र गत पुस १७ गतेदेखी लागु हुने गरि थप १० करोड इकाई जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भए संगै योजनाको आकार बृद्धि भई रु. २ अर्ब कायम भएको क्यापिटलले जनाएको छ । यस सँगै हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा यो योजना सबैभन्दा ठुलो आकारको खुलामुखी योजना बनेको छ । 

नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पूँजी बजारमा स्थापित  यस योजनाले संञ्चालनको पहिलो बर्षबाट नै आफ्ना इकाईधनीहरुलाई निरन्तर प्रतिफल दिन सफल भइरहेको छ । योजनाले संञ्चालनको ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरीसकेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुको तुलनामा सबैभन्दा बढि प्रतिफल दिन सफल योजनाको रुपमा रहेको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथैअनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना(Systematic Investment Plan- SIP) तथा लाभांष पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् । क्यापिटलका अनुसार हाल व्यवस्थित लगानी योजना मार्फत २५ हजार लगानीकर्ता जोडिएका छन्  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved