अपि पावरले विद्युत नियमन आयोगबाट पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2023 | 04:00:48 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले अपि पावर कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको छ।  कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।

विद्युत नियमन आयोगको माघ १२ गतेको बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजान स्वीकृति दिएको हो। यस सँगै अब कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

कम्पनीले हाल विद्यमान रहेको चुक्ता पूँजी तीन अर्ब चौरासी करोड उनन्पचास लाख पन्ध्र हजार पाच साय छयालिस रुपैयामा ७.५ प्रतिशत बोनश शेयर समेत समावेश गरी कायम हुने चुक्ता पूँजी  चार अर्ब तेऱ्ह करोड बत्तीस लाख चौरासी हजार दुई सय एघार रुपैया उनान्सत्तरी पैसा  को १ : ०४० को अनुपातमा रु. १०० अंकित दरका १६५३३१३७ कित्ता हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो  ।

 कम्पनीले संचालन गरी विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्न हकप्रद निष्काशन गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ  । 

यस्तो छ कम्पनीको बाँकि ऋणको विवरण : 


 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved