सर्वसाधारणलाई शुभम पावर लिमिटेडको आइपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 08:31:38 AM मा प्रकाशित

laxmi  sunrise bank

शुभम पावर लिमिटेडले आज माघ १८ गतेबाट सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको छ। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर,  कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको हो 

यस निष्काशनमा माघ २२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ।  शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले यस अघि नै स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरिसकेको छ  ।  कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ५ वर्ष अगाडी नै आईपिओ निष्काशन गरिसकेको छ

कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved