स्थानीयले सानिमा मिडल तमोरको आईपिओ भर्ने म्याद थपियो, नेपाली श्रमिकलाई आज अन्तिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 09:02:12 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आईपिओ भर्ने म्याद थप गरेको छ । कम्पनीले  माघ ४ गतेदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको थियो

म्याद थप गरिएसँगै ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयले फागुन ४ गतेसम्म आवेदन दिन सक्ने छन् ।  कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३३ लाख ३२ हजार कित्ता ५ सय कित्ता शेयर निष्काशन गरेको छ । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोवास गर्ने नेपाली नागरिकहरुलाई ४०% अर्थात १३,३३,००० कित्ता शेयर छुट्याईएको छ ।  आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बाँकि बासिन्दाहरुको लागि ६०% अर्थात १९,९९,५०० कित्ता शेयर छुट्याईएको छ । 

त्यस्तै कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि पनि माघ ४ गतेदेखि  ४,९९,८७५ कित्ता शेयरनिष्काशन गरेको थियो । यस समुहका आवेदकले भने माघ माघ १८ गतेसम्म मात्र आवेदन दिन सक्ने छन्  । 

 स्थानीय र नेपाली श्रमिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २९८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved